काठमाडौं, २९ पुस । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि अनलाईन अकाउन्टको सुरुवात गरेको छ । यो सुबिधा बैंकको स्मार्ट बेवसाइट www.civilbank.com.np “को बन्छ करोडपति” (KBC) को मोबाईल एपमार्फत उपलब्ध गराइएको हो ।
जसमा ग्राहकमहानुभावहरुले आफ्नो ब्यक्तिगत बिवरण उल्लेख गरेपश्चात एउटा unique code उपलब्धहुने छ , जसको आधारमा ग्राहकहरुले आफ्नो नजिकैको सिभिल बैंकको शाखामा गई सो unique code verify गराएर खाता खोल्न सक्नेछन् र त्यस खातामा बैंकले रु। १०० को ब्यालेन्स उपलब्ध गराउने छ ।
साथै यस खाताका अन्य बिशेषताहरुमास् एक बर्षका लागि निशुल्क Debit Card र Internet Banking सुविधा, दुई बर्षकालागि निशुल्क Mobile Banking सुबिधा, निशुल्क चेक बुक र रु। ५ लाख सम्मको दुर्घटना तथा स्थायी अशक्तताको निशुल्क बीमा सुबिधा रहेका छन् । हालसम्म सिभिल बैंकको कुल शाखा संख्या ७१ पुगेकोे बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्