काठमाडौं, २९ पुस । सिभिल लघुवित्त वित्तीय संस्था लि.को सातौं साधारण सभाले बोनश शेयर तथा नगद लाभांश पारित गरेको छ ।
काठमाडौंमा आइतबार सम्पन्न सस्थाको सातौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४ प्रतिशतले बोनश शेयर जारी गर्ने र ३.८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा सो पश्चात कायम हुने जारी तथा चुक्ता पूँजी रु. ११ करोड ४१ लाख १४ हजारको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
वित्तीय संस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बलराम पौडेलले स्वागत मन्तव्य दिएका थिए ।
सभाले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गर्नुकासाथै आ. व ०७५÷०७६ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गरेको छ ।
सभाले मर्जर तथा प्राप्ति सम्वन्धी कार्यको लागि संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित गर्नुको साथै संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।
सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाको २०७५ साल मंसिर मसान्त सम्म कूल सदस्य संख्या १९ हजार ९ सय, लगानीमा रहेको कर्जा रकम रु. ६७ करोड १४ लाख छ ।
हाल संस्थाले ३५ वटा शाखा कार्यालयहरु मार्फत २३ जिल्लामा लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ भने निकट भविष्यमा थप स्थानहरुमा सेवाहरु विस्तार गर्ने लक्ष्य रहेको
प्रतिक्रिया दिनुहोस्