वोमी माइक्रोफाइनान्सले ल्याउने भयो १०० प्रतिशत हकप्रद

जागरण न्युज
काठमाडौं, २९ पौष । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद ल्याउने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको हो । हकप्रद प्रस्ताव पारित गर्न वोमीले विशेष साधारण सभा बोलाउने भएको छ ।
साधारण सभाले उक्त निर्णय पारित गरेपछि हकप्रद निष्काशन प्रक्रिया अघि बढ्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ छ । माइक्रोफाइनान्सले सोही पुँजीको १०० प्रतिशत हकप्रद ल्याउने भएको हो । माइक्रोफाइनान्सको हकप्रद बिक्रीपछि चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्