माछापुच्छ्रे बैंकको दार्चुलामा २ नयाँ शाखा शुभारम्भ

काठमाडौं, २९ पुस । माछापुच्छ्रे बैंक लिमिटेडले दार्चुला थत अपि हिमाल र ब्याँस शाखा कार्यालयहरु सञ्चालमा ल्याएको छ । बैंकले आज दार्चुलाको अपि हिमाल गाँउपालिका स्थित अपि हिमाल शाखा कार्यालय र ब्याँस गाँउपालिका स्थित ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।
यस अघि यी स्थानीय निकायहरुमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन । अपि हिमाल शाखा कार्यालय र ब्यास शाखा कार्यालयको औपचारिक सुरुवातपछि अपि हिमाल गाँउपालिका र ब्याँस गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक भएको छ ।
नयाँ शाखाहरुमार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९० वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्