सर्बशक्ति सहकारीकोे चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २८ पुष । सर्बशक्ति बचत तथा ऋण सहकारी संस्था लि. को चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौ मनमैजुमा केन्द्रिय कार्यालय रहेको संस्थाले सञ्चालक समितिका अध्यक्षका सुरेन्द्र महर्जनद्वारा प्रस्तुत आ.व २०७४।०७५ को वार्षिक प्रतिवेदनमाथी छलफल, संस्थाको तर्फबाट संस्थाका प्रबन्ध निर्देशक अमर महर्जनबाट प्रतिवेदन पेश त्यस्तै लेखा परिक्षकको प्रतिवेदक सहित आर्थिक वर्ष २०७४।०७५ को वासलात र नाफा नोक्सान हिसाब पारित गर्ने, लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमीक निर्धारण लगायत सम्मान कार्यक्रम गरि चौथो वार्षिक साधारण सभा शनिबार तारकेश्वर, ०९ मनमैजु स्थित एन्जल्स किड्स मन्टेश्वरी प्राङ्गणमा सम्पन्न भएको हो ।

उक्त साधारण सभामा तारकेश्वर न. पा. का मेयर प्रमुख अतिथि रामेश्वर बोहोराले उद्घाटन गर्नु भएको थियो । चुक्ता पुँजी रु २,७२,८८,२०० रहेको उक्त संस्थाले आर्थिक वर्ष २०७४।०७५ सम्ममा जम्मा रु ९,९२,२९,८३१.३६ को कारोवार गरेको छ । संस्थाले साधारण सभाको निर्णय पुस्तिकामा दस्तखत गर्न शेयर सदस्य र सञ्चालकको तर्फबाट १/१ जना प्रतिनिधि नियुक्त गरेको थियो साथै संस्थाले २०७४ सालको S.E.E परिक्षा दिएका शेयर सदस्यहरुको छोरा वा छारीहरुलाई सम्मान तथा उत्कृष्ट अंक ल्याएकी छात्रा कान्ति बुढाथोकिलाई सर्बशक्ति छात्रबृत्ति सम्मान गरेका थियो उनले कक्षा ११ र १२मा फ्रीमा पढ्न पाउने भएकी छिन् । साथै संस्थाले जेष्ठ नागरिक २ जना नुच्छे नारायण महर्जन तथा कृष्ण कुमारी बोगटिलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्