काठमाडौं, २८ पुस । गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रिय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
उक्त साधारण सभाले एक कित्ता बरावर एक दशमलव शुन्य पाँच कित्ता (१ः१.०५) हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर जारि पछि वित्तीय संस्थाको चुक्तापूँजी रु.१० करोड ४ लाख ५० हजार पुग्ने छ ।
साधारण सभामा वित्तीय संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले नेपाल राष्ट्र बैकबाट प्राप्त परिपत्रमा उल्लेख भएअनुसार लघुवित्त वित्तीय संस्थाहरु एक प्रदेश वा राष्ट्रियस्तरमा सञ्चालन गर्नुपर्ने प्रावधान अनुसार अगाडि बढुनु पर्ने बताए । उनले यस लघुवित्त १० जिल्ला वा प्रदेशमा मात्र सिमित नरही राष्ट्रियस्तरको संस्थातर्फ अगाडि बढ्ने सोच विगतदेखि नै रहेको उल्लेख गरे । नविनत्तम अवधारणाको विकास गरी नमुना लघुवित्तको रुपमा स्थापितगर्ने सोचका साथ अघि बढेको जानकारी दिंदै उनले वित्तीय संस्थाले ग्रामिण दुरदराजमागई वित्तीय कारोवारका साथै सामाजिक उत्तरदायित्वको कार्य पनि गर्दै आएको बताए ।
सो कार्यक्रममा पूर्व संचालक हरि प्रसाद अर्याल, नेपाल ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष प्रियराज रेग्मीलगायतले लघुवित्तले एक वर्ष पुरा गरेकामा कार्यसमितिलाई शुभकामना दिए ।
संस्थाले आगामी दिनमा ग्रामिण क्षेत्रहरुमा थप शाखा विस्तार गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।
कर्यक्रम वित्तीय संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
वित्तीय संस्थाले गाम्रिण क्षेत्रमा विपन्नवर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ । हालसम्म वित्तीय संस्थाले २६ वटा शाखा कार्यालय मार्फत १८ हजार ५ सय भन्दा बढि सदस्यहरुलाई समुहमा आबद्ध गराई १० हजार ऋणी सदस्यबाट रु. ६५ करोड कर्जा लगानी गरेका छ ।
प्रतिक्रिया दिनुहोस्