चिसो र कुहिरोका कारण दुर्घट्ना बढ्न थाले

 

 

काठमाडौं । पुस महिनाको सुरुवातसँगै जिल्लामा बढ्दो चिसो र कुहिरोका कारण दुर्घट्ना बढ्न थालेका छन् ।

यसैबीच आइतबार पूर्व–पश्चिम लोकमार्ग अन्तरर्गत सर्लाहीको हरिवन नगरपालिका र लालबन्दी नगरपालिकाको सिमानामा पर्ने लखन्देही पुलमा बस र ट्रक एक आपसमा ठोक्किएका छन ।

बाक्लो हुस्सु र कुहिरोका कारण बस र ट्रक एक आपसमा ठोकिएको जिल्ला ट्राफिक कार्यालय सर्लाही नवलपुरले जनाएको छ ।

पूर्वको इटहरीबाट सामान लिएर आउँदै गरेको ना ६ ख ४८९१ नम्बर को कन्टेनर ट्रक र काठमाडौंबाट धनगढीका लागी यात्रु लिएर जाँदै गरेको ना ७ ख ३६१२नम्बरको यात्रुबाहक बस बिहान लखन्देही पुल बीचमा ठोक्किएर दुर्घट्ना भएको हो ।

दुर्घटना भएर ट्रक र बसमा सामान्य क्षति पुगेको भए पनि मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक केशर बहादुर बस्नेतले बताए ।

ठक्कर दिने दुबै सवारी र चालक इलाका प्रहरी कार्यालयको नियन्त्रणमा भए पनि यात्रुहरु आ–आफ्नो गन्तब्य तर्फ लागिसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्रक र बस एक आपसमा ठोक्किदा करिब सवा घण्टा लोकमार्गको आवत जावत अवरुद्ध भएको स्थानीयले बताएका छ्न् । अहिले यातायात सुचारु छ ।

सवारी साधनको सङ्ख्याको आधारमा पहिलेको राजमार्ग साँघुरो हुदै जानु र बढ्दो सवारी चाप साथै प्रत्येक बर्ष तराईमा लाग्ने बाक्लो हुस्सुका दुर्घटना बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्