सांसदको नाम टुंगो लाग्न दुई हप्ता लाग्ने , आयोग

काठमाडौं । प्रतिनिधिसभामा समानुपातिकबाट चुनिने सांसदको नाम टुंगो लाग्न दुई हप्ता लाग्ने देखिएको छ । समानुपातिकतर्फको मतगणना आइतबार सकिने भए पनि त्यसपछिका प्रक्रिया पूरा गर्न दुई हप्ता लाग्ने देखिएको हो ।
दुई तीन दिनमा सबै क्षेत्रबाट मतदान अधिकृतले मतको सनाखत गरी लिखित विवरण पठाइसकेपछि सम्बन्धित दललाई उनीहरुले पाएको सिट संख्या तोकी नाम टुंगो लगाउन दललाई १ हप्ता जतिको समय दिएर पत्र पठाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । यी सबै प्रक्रिया पूरा गरेपछि मात्र समानुपातिक तर्फबाट सांसद चुनिनेहरुको नाम टुंगो लाग्ने उनले बताए।
मतगणनाको अन्तिम परिणाम आइनसकेपनि ५ वटा दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने र प्रतिनिधिसभामा पनि तीनै ५ दलबाट मात्र सांसद बन्ने निश्चित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्