जागरण न्युज
काठमाडौं, २७ पौष । नाडेप लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद भर्न अब २ दिन मात्र समय बाँकी रहेको छ । हकप्रदमा आइतबार (पुस २९ गते) सम्म आवेदन दिन पाइनेछ लघुवित्तले मंसिर २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । मंसिर ६ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद दाबी गर्न सक्नेछन् ।
हकप्रदमा आवेदन बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं तथा नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।
यता, कम्पनीले गत वर्षको कमाइबाट ३० प्रतिशत बोनस सेयर दिने घोषणा पनि गरेको छ । हाल कायम १६ करोड रुपैयाँ चुक्ता पुँजीबाट ३० प्रतिशत बोनस दिने निर्णय गरिएको हो । यस्तै, बोनसमा लाग्ने कर तिर्न २५ लाख २६ हजार ३१५.७९ रुपैयाँ नगद लाभांश पनि दिने नाडेपले जनाएको छ ।
हकप्रद र बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ३६ करोड ८० लाख पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ३९ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिक्रिया दिनुहोस्