पुस २६, काठमाडौं । यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूलसमारोह विविध कार्यक्रमकासाथ ललितपुर महानगरपालिकामा आयोजना गरिने भएको छ । साथै यस बर्षको नारा “विपद्बाट सुरक्षितहुने नागरिक अधिकार, पुरागर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार” तय गरिएको २१ औँभूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिले जनाएको छ ।
आउँदो माघ २ गते आयोजनागरिने भूकम्प सुरक्षा दिवसको राष्ट्रिय कार्यक्रमबारे जानकारी दिन आज शहरी विकास तथा भवन निर्माण विभागमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । माघ २ गतेको मूल समारोह कार्यक्रम प्रधानमन्त्री केपीशर्मा ओलीको प्रमुख आतिथ्यतामा दिउसो २ वजे जावलाखेलको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको सभाहलमा हुने शहरी विकास तथा भवननिर्माण विभागका उप–प्रमुख पदम मैनालीले जानकारी दिनु भयो ।
त्यसअघि मध्यान्ह १२ बजे गृहमन्त्रीको प्रमुख आतिथ्यतामा नेपालमा विपद् जोखिम व्यवस्थापनका सम्बन्धमा वृहत् अन्तक्र्रिया आयोजना गरिएको मैनालीले बताउनुभयो । यसका साथै विहान ११ः०० बजे पाटन दरवार क्षेत्रमाभूकम्प स्मृती सभा आयोजनाहुनेछ । सभाअघि ललितपुर महानगरपालिकाकाचार स्थानमहानगरपालिकाकार्यालय परिसर, बालकुमारी गुहीटोल, लगनखेल र शंखमुल गाःहिटीबाट छुट्टा छुट्टै भुकम्पीय सुरक्षा ¥यालीको आयोजनाहुने र ती र्याली पाटन दरवार क्षेत्रमाजम्माहुनेछन् ।
देशमाभूकम्पीयजोखिमन्यूनीकरण तथापूर्व तयारीकाविषयमाविगतकाप्रयास तथाअनुभवहरुको आदानप्रदानगर्दै नयाँप्रविधि र उपायहरुको प्रभावकारी कार्यन्वयनकालागि प्रतिवद्धता जनाउने उद्देश्यले२०५५ साल देखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक बर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षादिवसमनाउँदै आएको छ ।
पत्रकार सम्मेलनमावोल्दै शहरी विकासतथाभवननिर्माण विभागउपप्रमुख मैनालीले देशमा संघीयता कार्यान्वयनभइसको अवस्थामा देशमा भूकम्पीयजोखिम न्यूनीकरण तथापूर्व तयारी सम्बन्धी देशव्यापी जनचेतना अभिवृद्धि गर्नेउद्देश्यले तीनै तहका सरकार मार्फत केन्द्र, जिल्ला, सबै स्थानीयतहमा सम्बन्धित विपद्व्यवस्थापन समितिको अग्ररसरतामा मनाउन लागिएको बताउनुभयो ।
मैनालीले विगत एक वर्षको अवधिमाविपद् जोखिमन्यूनीकरणको क्षेत्रमामुलुकले नीतिगततथाकार्यक्रमगततहमाउल्लेख्य प्रगति गरेको भन्दै विपद् जोखिमन्यूनीकरण तथाव्यवस्थापन ऐन २०७४ लागु भएसंगै यस सम्बन्धीनीतिनिर्माण, कार्ययोजनातर्जुमातथाकार्यान्वयनगर्ने अधिकार संघ, प्रदेश तथा स्थानीयतहमा रहेको र त्यसको कार्यान्वयनकालागि स्थानीय सरकार संचालन ऐन २०७४ले मार्गप्रशस्त गरेको र प्रचलित ऐन, नियम, कानुनले निर्दिष्ट गरे बमोजिमविपदजोखिमन्यूनीकरणलाई स्थानीयतहसम्म संस्थागतगर्न जोखिमन्यूनीकरण राष्ट्रिय नीति २०७५ र रणनैतिककार्ययोजना २०१८—२०३० समेत लागु भएको जानकारी दिनुभयो ।
कार्यक्रममावोल्दै शहरी विकास तथा भवननिर्माण विभाग,भवन महाशाखा प्रमुख द्धारिका श्रेष्ठले देशको परिवर्तित प्रशासनिक संरचनाको आधारमा आगामी दिनमा राष्ट्रिय भूकम्प सुरक्षादिवस मनाउने तरिकामा परिवर्तनगर्दै लैजाने बताउनु भयो ।भूकम्प सुरक्षादिवसका सदस्य सचिव तथा भूकम्पप्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठले राष्ट्रिय भूकम्प सुरक्षादिवसको अवसरमा काठमाडौं उपत्यका तथा वाहिरआयोजना गरिने विविध कार्यक्रम बारे जानकारी गराउनुभएको थियो ।
भूकम्प सुरक्षादिवस राष्ट्रिय कार्यक्रमअन्तर्गत नै माघ ८ गते राष्ट्रिय गोष्ठीको आयोजनागरिएको छ । शहरी विकास तथाभवननिर्माण विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, ललितपुर महानगरपालिका र भूकम्पप्रविधि राष्ट्रिय समाज नेपालको संयुक्तआयोजनामा हुने राष्ट्रिय गोष्ठीमा विपद् जोखिम न्यूनीकरण र स्थानीयकरण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संचार माध्यमको भूमिका, रेट्रोफिट प्रविधि र उपयोगिताबारे छलफल हुने आयोजकहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्