माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः २०१५ प्राप्त

काठमाडौं, २६ पुस । माछापुच्छ्रे बैंक आईएसओ ९००१ः २०१५मान्यता प्राप्त बैंकिङ्ग संस्था बन्न सफल भएको छ । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र बैंकलाई युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स युकेएस÷युकेद्वारा प्रदान गरिएको हो ।
आईएसओ ९००१ः २०१५ स्टान्डर्ड ग्राहक केन्द्रीत कार्यशैली, उच्चतहको व्यस्थापनको प्रोत्साहन एवं प्रभावकारीता, प्रक्रियागत शैली र निरन्तर सुधार लगायतविविध गुणस्तरीय व्यवस्थापन सिद्धान्तहरुमा आधारित हुन्छ । आईएसओ ९००१ः २०१५ ले ग्राहकलाई निरन्तर गुणस्तरीय वस्तु तथा सेवाहरु प्रदान गराउनमा सहयोगीभुमिका निर्वाह गर्दछ ।
बैंकको ग्राहक केन्द्रीत योजना, सेवा तथा वस्तुहरुको गुणस्तर, प्रभावकारी व्यवस्थापन शैली, ग्राहक सन्तुष्टी तथा संस्थागत सुशासन जस्ता कार्यक्षेत्रको सफल अभ्यास र सबल प्रयासले गर्दा उक्त अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।
बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैकिङ्ग सुबिधाप्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्