स्वाभिमान माइक्रोफाइनान्सले ल्याउने भयो १ करोड ८० लाखको आइपीओ

जागरण न्युज
काठमाडौं, २६ पौष । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ । वित्तीय संस्थाले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमतिका माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो । यस आइपीओमा बिक्री प्रबन्धकको जिम्मा सिद्धार्थ क्यापिटलले पाएको छ ।

हाल वित्तीय संस्थाको हाल चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ छ । जगेडा कोषमा १८ लाख ६ हजार रुपैयाँ रहेको छ भने कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालय रुपन्देहीको तिलोत्तमा, ५ मा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्