काठमाडौँ , पुस २६। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार भारतको नयाँ दिल्ली जाँदै छन् । उनी नयाँ दिल्लीमा जारी रायसिना डायलग–२०१९ मा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
सम्मेलन मंगलबार सुरु भएका हो र बिहीबार सकिँदैछ । परराष्ट्रमन्त्री ज्ञवालीले बिहीबारको मन्त्रीस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि मन्त्री ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
स्वराजले मन्त्री ज्ञवालीको सम्मानमा दीवा भोजको आयोजना गर्दै छिन् । मन्त्री ज्ञवाली शुक्रबार नेपाली समुदायसँगको भेटपछि सोही दिन बेलुका स्वदेश फर्किने छन् ।
प्रतिक्रिया दिनुहोस्