इन्धनमा मात्रै नेपालले मासिक ४२ करोड घाटा बेहोर्छ

काठमाडौं । नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाए पनि मासिक ४२ करोड रुपैयाँ घटा छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि निगमले गत साता पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र ग्यासको मूल्य बढाएको थियो ।
डिजेल र ग्यासमा घाटा खाएर बेच्नु पर्दा निगमले घाटा बेहोर्नु परेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । इन्डियन आयल कर्पोरेसन आइओसीले बढाएको मूल्य अनुसार समायोजन गरे पनि ग्यास प्रतिसिलिन्डर दुई सय २६ रुपैयाँ ७७ पैसा, डिजेल प्रतिलिटर दुई रुपैयाँ ७४ पैसा घाटा रहेको गोइतले बताए ।
यसलाई आधार मान्दा ग्यासमा मासिक ५४ करोड १० लाख, डिजेलमा ३८ करोड ६६ लाख रुपैयाँ घाटा थियो । आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्