एनएमबि बैंकको एजीएम बिहीबार, ३०% लाभांश पछिको पुँजी संरचना कस्तो हुनेछ ?
जागरण ज्युज
काठमाडौं, २५ पौष । एनएमबि बैंकले बिहीबार (पुस २६ गते) लाई साधारण सभा डाकेको छ । साधारण सभा आर्मी अफिसर्स क्लबमा बिहान ११ः०० बजे सुरु हुनेछ ।
बैंकले सधारण सभामा ३० प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव लैजाँदैछ । बैंकले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी जम्मा ३० प्रतिशत लाभाँश दिन लागेको हो ।
बैंकले बोनसका लागि ८७ करोड ४३ लाख ७८ हजार ४२२ रुपैयाँ र नगद लाभांश वितरणमा १ अर्ब ७४ करोड ८७ लाख ५६ हजार ८४५ रुपैयाँ छुट्याएको छ ।
सभामा लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका महत्वपूर्ण प्रस्ताव पनि लगिनेछ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्