बुटवल पावरले बोलायो एजीएम २८ प्रतिशत लाभांश अनुमोदन गर्ने

जागरण न्युज
काठमाडौं, पौष १४ । बुटवल पावर कम्पनीले शुक्रबार (पुस २७ गते) साधारण सभा बोलाएको छ । साधारण सभा कार्की ब्यांकेट, बबरमहल काठमाडौंमा बिहान १०ः०० बसे शुरु हुनेछ । सभामा कम्पनीले २८ प्रतिशत लाभांश प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद गरी कुल २८ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीले साधारण सभा गर्न पुस ६ गतेदेखि बुक क्लोज गरेको छ । पुस ५ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांश पाउनेछन् । प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४४ करोड ५ लाख ३९ हजार २०० रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्