५१ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट आउँदै

काठमाडौं, पुस २४ । नेपाल राष्ट्र बैंकले ५१ अर्ब ५० करोड रुपैयाँको नयाँ नोट बजारमा ल्याउन लागेको छ ।
गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर भएका १०० रुपैयाँ दरका ४० करोड थान, ५० रुपैयाँ दरका २३ करोड थान नोट चाँडै बजारमा ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ ।
केन्द्रीय बैंकले १०० रुपैयाँ दरका ४० अर्ब रुपैयाँ बराबरको नोट छाप्ने काम अघि बढाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्