धादिङमा गाडी दुर्घटना, ४१ जना घाइते

काठमाडों । धादिङको जोगिमारामा शनिबार बिहान गाडी दुर्घटना हुँदा ४१ जना घाइते भएका छन् ।

टिकापुरबाट काठमाडौंका लागि छुटेको ना ४ ख ४४२० नम्बरको बस र विपरित दिसातर्फ जाँदै गरेको ना ४ ख १६७४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सीनाले बताए।

दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । बाँकीको सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्