काठमाडौं, २२ पुस । नेपाल स्टक एक्सचेञ्जमा शुक्रबार सिभिल लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन भएको छ । नेप्सेले लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनसको बुकक्लोज गरेसँगै शुक्रबार मूल्य समायोजन गरेको हो ।
नेप्सेले ४ प्रतिशत बोनस पश्चात लघुवित्तको प्रतिकित्ता ६६३ रुपैयाँ ४६ पैसामा शेयरमूल्य समायोजन गरेको हो। नेप्सेमा कारोबार भएको १८० दिनको कारोबारमूल्यका आधारमा लघुुवित्तको औसत आधारमूल्य ५९३ रुपैयाँ २३ पैसा निर्धारण गरेको छ ।
लघुवित्तले पुस २९ गते आइतबार बिहान ११ बजे होटल अर्किड, त्रिपुरेश्वर काठामाडौँमा सातौँ वार्षिक साधारण सभा आह्वान गरिसकेको छ । सभामा चुक्ता पूँजीको ४ प्रतिशत बोनस, ३.८९ प्रतिशत नगद लाभांश तथा उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तीको प्रस्ताव र शतप्रतिशत हकप्रद प्रस्ताव गरेको छ ।
लघुवित्तको लाभांश पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्