प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७१ अनुसार सिट बाँडफाँटमा एक सिट पनि नजित्ने दलको धरौटी जफत हुने व्यवस्था छ । दलहरुले चुनावी प्रतिस्पर्धाका क्रममा ५० हजार रुपियाँ धरौटी बापत राखेका हुन्छन् ।

धरौटी जफत हुने दलहरुमा विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले लगायतका दलहरु छन् ।