निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एमालेले ३१ लाख ३० हजार ४ सय २९ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३० लाख ६८ हजार ३ सय २४ मत प्राप्त गर्दा माओवादी केन्द्रले १२ लाख ७४ हजार ५ सय ४४ मत पाएको छ ।

यस्तै संघीय समाजवादी फोरमले ४ लाख ५९ हजार ५ सय ९९, राजपाले ४ लाख ४७ हजार ८ सय ७९, विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५ सय १४, राप्रपाले १ लाख ९३ हजार ९ सय ५५, राप्रपा प्रजातान्त्रिकले ८७ हजार ५ सय ३३, नयाँ शक्ति पार्टीले ८० हजार ७ सय ४२ र राष्ट्रिय जनमोर्चाले ६२ हजार ४५ मत पाएका छन् । अरु दलले ३ लाख ४७ हजार ९ सय २० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

योसँगै पाँच वटा पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् । संविधानअनुसार कूल सदर मतको ३ प्रतिशत ल्याउने पार्टीलाई राष्ट्रिय दलका मान्यता दिने व्यवस्था छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार समानुपातिकतर्फको मतगणना आजै सकिने छ ।