पूर्व राष्ट्रपति डाक्टर यादव पुनः चिकित्सकीय सेवामा फर्कने

काठमाडौं, २१ पुस । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले पुनः चिकित्सकीय सेवामा फर्कने संकेत गरेका छन् ।
बीपी स्मृति सामुदायिक अस्पतालको ११ औं बार्षिक साधारणसभामा बोल्दै डाक्टर यालवले चिकित्सकीय सेवामा र्फकने संकेत गरेका हुन् । सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने सोच बनाएको उनले खुलासा गरे ।
आफू पहिलो राष्ट्रपति भएको नाताले सिस्टम बसाउने जिम्मेवारी पनि आफ्नो भएको भन्दै उनले आफ्नै नेताको नाममा खुलेको बीपी स्मृति सामुदायिक अस्पतालमा आउन नसक्ने संकेत गरे । ‘आफ्नै नेताको नामको हस्पिटलमा गएर बस्ने कि टिचिङ वा वीर हस्पिटलमा गएर बस्ने ? अलअल अलमलमा छु ’ उनले थपे राष्ट्रपति हुँदा सरकारी अस्पतालमा नै उपचार गरेको स्मरण गरे ।
राजनीतिमा आउनु अघि यादव वीपी कोइरालाको निजी चिकित्सक पनि थिए । पहिलादेखि नै चिकित्सा पेशा गर्दै आएकाले उनलाई यहि काम गर्न इच्छा भएको हो ।
प्रतिक्रिया दिनुहोस्