जागरण न्युज
काठमाडौं, २० पौष । एनसीसी बैंक लि. को सेयर लिलामी भर्ने शुक्रबार (पुस २० गते) अन्तिम दिन रहको छ । शुक्रबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । एनसीसीले पुस ११ गतेदेखि संस्थापक समूहको ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहको १३ लाख ९४ हजार १९८ कित्ता गरी जम्मा ७९ लाख १० हजार ९९३ कित्ता सेयर लिलामी खुला गरेको हो ।
लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । बैंकले यसअघि भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । हकप्रदमा १ करोड ५४ लाख ८४ हजार २९० कित्ताका लागि मात्र आवेदन परेपछि बाँकी रहेको ७९ लाख १० हजार ९९३ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
आवेदकले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरीबाट आवेदन दिन सक्नेछन । त्यसैगरी, एनसीसी बैंकको विराटनगर, पोखरा, बुटवल वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत, नारायणगढ, बनेपा, धनगढी र मुख्य शाखा कार्यालय बागबजार काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन् ।
हाल एनसीसीको चुक्ता पुँजी ४ अर्ब ६८ करोड ५९ लाख २ हजार रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि पुँजी ७ अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्