आजका राष्ट्रिय दैनिकका सनसनीपूर्ण रुपमा प्रकाशित समाचारहरु

काठमाडौं, २० पुस । केन्द्रीय राजधानी काठमाडौंबाट आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुको सांसद् रेशम चौधरीको सपथलाई सनसनीपूर्ण रुपमा प्रकाशित गरेको छ ।
३३ किलो सुन तस्करी प्रतिवेदन गुपचुप भनेर आजको कान्तिपुर राष्ट्रिय दैनिकले मुख्य समाचार बनाएको छ । वाइडबडी अनियमितता छानबिन गर्न सरकारले छुट्टै समिति गठन, विभिन्न कार्यालयमा विचौलिया हावीलाई छुटाई दिनेभन्दै कुरौडौ ठगी भन्नेशिर्षकमा आजको कासिन्तपुरले समाचार लेखेको छ ।
त्यस्तै अन्नपूर्णले सांसद् रेशम चौधरीको सपथलाई नाटकीयको संज्ञा दिएको छ भने नागरिकले अभियुक्तलाई सांसद्को शपथ दिइएको भन्दै आलोचना गरेको छ ।
वाइडबडी अनियमितता छानबिन गर्न सरकारले छुट्टै समिति गठन गरेकोलाई पनि आजका पत्रपत्रिकाहरुले समेटेका छन् । त्यस्तै, सर्वोच्चमा दीपकराज जोशी भूमिकाविहीन बनेको समाचारलाई पनि प्राथमिकताका साथै प्रकाशित गरेको छ ।
दाङको लमहीमा बिहीबारदेखि सुरु गरिएको कुसुन्डा भाषा कक्षाबारे कान्तिपुरले एंकर समाचार बनाएको छ । कुसुन्डा भाषा बोल्न सक्ने ८१ वर्षीया ज्ञानीमैया र ४३ वर्षीया कमलाको सहयोगमा भाषा आयोगले भाषा जोगाउन कक्षा थालेको हो ।
रेशम चौधरीको शपथलाई नाटकीयको संज्ञा दिएको अन्नपूर्णले लेखा समितिलाई चुनौती दिँदै सरकारले वाइडबडी छानबिनबारे समिति गठन गरेको लेखेको छ ।
नागरिकको पहिलो पृष्ठ रेशम चौधरीको शपथसँग सम्बन्धित सामग्रीहरुले भरिएको छ । त्यस्तै चन्द्रमामा चीनले सफलता हासिल गरेको खबरलाई पनि नागरिकले पहिलो पृष्ठमा समेटेको छ । समाचार अनुसार चिनियाँ यान पहिलोपटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ ।
नयाँ पत्रिका दैनिकले सांसदका स्वकिय सचिवका बारेमा राजनीतिक गर्न कार्यकर्ता चुनाव जित्न जनता पिए राख्न सालासाली र भाइभतिजा शिर्षक दिएर मुख्य समाचार बनाएको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ सांसदका पिएबारे उसले सोधीखोजी गरेको छ ।
राजनीति गर्न कायकर्ता र जनताको साहरा लिने सांसदहरुले पिएमा भने सालासाली र भाइभतिजा रोजेको समाचारको सार छ ।
न्यायपरिषदले प्रधानन्यायाधीश दीपकराज जोशीलाई भूमिकाविहीन बनाएको, वाइडबडी छानबिन गर्न आयोग गठन भएकोलगायत खबरले नयाँ पत्रिकाको पहिलो पृष्ठ भरिएका छन् ।
गोरखापत्रमा वाइडबडी छानबिनका लागि समिति गठन भएको, दीपकराज जोशीको जिम्मेवारी खोसिएकोलगायत खबर प्रकाशित गरेका छन् । आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउनेगरी सरकारले राष्ट्रिय स्वास्थ्य नीतिको मस्यौदा तयार पारेको समाचार राजधानीमा छ भने कारोबारले भीआईपी बोक्नमात्रै ४ हेलिकोप्टरको व्यवस्था गर्न लागिएको समाचार लेखेको छ ।
उखुको नयाँ मल्य निर्धारण प्रति क्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा शिर्षक दिएर आजको आर्थिक दैनिकले समाचार लेखेको छ । उखुको नहुँदा किसान मर्कामा परेका थिए ।
जीएमआरको म्याद अब नथपियोस्, भनी नेकपाका सांसद भमि रावलले संसदमा बोलेको कुरालाई आजको आर्थिक अभियानले मुख्य मासचार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्