फेरि इन्धनको भाउ घट्यो , हेर्नुहोस् कुनमा कति घट्यो त ?

काठमाडौँ , पुस १९ । नेपाल आयल निगमले इन्धनको मूल्य दुई रुपैयाँ घटाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटाएको हो । स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जनाएका छन् ।
यससँगै, अब पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९५ सय रुपैयाँ कायम भएको छ ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।यो मूल्य समायोजन पश्चात पनि भारतको रक्सौल भन्दा नेपालको वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ४१ पैसा तथा डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ३८ पैसा सस्तो रहेको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्