कामना सेवा र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्भौता

काठमाडौं । काठमाडौंको वडा नं.३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच आज बैंकास्योरेन्स सम्बन्धी सेवा आदान प्रदानगर्ने गरि सम्झौतापत्रमा हस्ताक्ष्ँर भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६२ वटै शाखाहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमापोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्तहुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तर्फबाट महाप्र एस. के. टमोटले हस्ताक्ष्ँर गर्नुभएको छ ।
हाल यस बैंकले देशभरी आफ्ना ६२ वटा शाखातथा १७ वटा ब्त्ःमार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ब्द्यद्यक्, क्ःक् द्यबलपष्लन, ःयदष्भि द्यबलपष्लन, ऋ(ब्क्द्यब्लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्