काठमाडौं , पुस १८ । जनता बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत बिमा सेवा दिने अभिप्रायले इन्स्युरेन्स कम्पनीहरुसँग संझौता गर्ने क्रममा सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनीसँग पनि संझौता गरेको बैंकले जनाएको छ ।
जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
प्रतिक्रिया दिनुहोस्