शिवम् सिमेन्टको उत्पादन र गुणस्तर बारे कार्यशाला गोष्ठि आयोजना
काठमाडौं, १७ पुस । शिवम् सिमेन्टले सिमेन्ट प्रा.लि.ले आफ्नो उत्पादन र गुणस्तर बारे जानकारी दिन कार्यशाला गोष्ठि आयोजना गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत झापको गौरादहमा कार्यशाला आयोजना गरेको हो ।
कार्यक्रममा प्राविधिक विज्ञ आनन्द चतुर्वेदीले सिमेन्टको गुणस्तर तथा सही तरिकाले प्रयोग गर्ने बिधिबारे जानकारी दिएका थिए । कार्यक्रममा स्थानीय निर्माण व्यवसायी, ठेकेदार, मिस्त्री तथा इन्जिनियरको सहभागिता थियो ।
शिवम् सिमेन्टले ुनो कम्प्रमाइजुको नारा सहित बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको जनाएको छ । यस प्रकारको गोष्ठिले उपभोक्ताहरुलाई उपयोगका बारेमा ज्ञान हुनुका साथै अन्य कुरामा समेत सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।















प्रतिक्रिया दिनुहोस्