‘हाम्रो गौरव हाम्रो पहिचान’ भन्ने नारासहित छैठौँ नेपाली टोपी दिवस मनाइयो

काठमाडौं, १७ पुस । आज टोपी दिवस । हुन त सबै दिवस तथा पर्वको आ-आफ्नै महत्व हुन्छ । तर नेपाली ढाका टोपी भन्नासाथ नेपालीलाई गर्भ लाग्छ । यस पटक पनि विभिन्न संघ/संस्थाले टोपी: हाम्रो गौरव हाम्रो पहिचान’ भन्ने नारासहित छैठौँ नेपाली टोपी दिवस हर्षउल्लासकासाथ मनाइएछ ।

राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित ५ बर्षयता अङ्ग्रेजी नयाँ बर्षको दिन टोपी दिबस मनाउन थालिएको हो ।

दिवसका अवसरमा आज जागरुक युवा अभियान नेपाल लगायतका विभिन्न संघ संस्थाले प्रभातफेरी निकालेका छन् ।

जागरुक युवा अभियानको अगुवाइमा मंङ्गलबार बिहान काठमाडौंको माइतिघर मण्डलाबाट निकालिएको ¥याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा टोपी दिवसको कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा सन्हाइ, दमाहालगायतका परम्परागत बाजागाजा पनि बजाइएको थियो ।

¥यालीमा नेपाली ढाका र भद्गाउँले टोपी पहिरिएका महिला र पुरुषहरुको उल्लेख्य सहभागिता रहेको थियो । टोपीका साथै उनीहरुले राष्ट्रिय झण्डा समेत प्रदर्शन गरेका थिए ।

¥यालीमा सहभागिहरुले ‘देशलाई औपचारिक पोशाकको खाँचो’ लेखिएका प्लेकार्ड बोकेका थिए । युवा पुस्तामा राष्ट्रिय पोशाकको महत्व दर्शाउन नेपाली टोपीको प्रयोग र संरक्षणका लागि टोपी दिवस मनाउन आवश्यक भएको आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्