निर्वाचनमा को को भए मन्त्रीमा विजयी ?

काठमाडौं। वर्तमान मन्त्रिपरिषद्मा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल भएका हुन् । प्रधानमन्त्री तथा विना विभागीयसहित अहिले मन्त्रिपरिषद्मा ६३ सदस्य छन । प्रधानमन्त्री र चार उपप्रधानमन्त्रीसहित ४२ मन्त्री चुनावी दौडमा रहेका थिए ।

यसमा दुई उपप्रधानसहित २४ मन्त्रीले पराजय भोगेका हुन । निर्वाचनमा विजयी हुनेमा अधिकांश नेकपा माओवादी केन्द्रका विना विभागीय मन्त्री छन । निर्वाचनमा उपप्रधान एवं ऊर्जामन्त्री कमल थापा मकवानपुर १ बाट पराजित भएका छन । अर्का उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पनि स्याङ्जा २ बाट पराजित भए ।

जनमत परीक्षणमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार र विना विभागीय उपप्रधानमन्त्री कृष्णबहादुर महरा सफल भए । गच्छदार सुनसरी ३ र महरा दाङ २ बाट निर्वाचन भएका हुन ।

प्रतिक्रिया दिनुहोस्