काठमाडौं, १६ पुस । कामना सेवा विकास बैंकले काठमाडौंको कलंकीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आजदेखि काठमाडौंको कलंकीमा ६२ औं शाखा स्थापना गरि कारोबार सुरुवात गरेको हो ।
बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा का.मु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।a
काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६२ वटा शाखा तथा १७ वटा एटिएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै बैंकले एविविएस्, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सि एएस्विए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराएको छ । बैंकले निकट भविष्यमै अन्य शाखा विस्तार गर्दै जाने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्