सिभिल बैंकको आठौं वार्षिकोत्सव देशव्यापी कार्यक्रमहरु गरी सम्पन्न

काठमाडौं, १६ पुस । सिभिल बैंकले आठौं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न गरेको छ ।
सिभिल बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरपारेर महिना व्यापी रुपमा घोषणा गरे बमोजिमका सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न गरेको छ ।
बैंकले देशव्यापी कार्यक्रम अन्र्तगत वीरगंज, विराटनगर, पोखरा, भैरहवा, नेपालगंज, नारायणगढ, हेटौडा, मणीग्राम, बनेपा, इटहरी, बिराटचोक, धनगढि, घोराही, दमक शाखाहरmमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
त्यस्तै धादिङ्गबेशी, मेलम्ची, आरुघाट, सिन्धुली, फिदिम, विजुवार, गाईघाट, सल्यान ,रुकुम ,ओखलढुंगा, घोराही, मालिङ–क्व्होलासोंथर, भुलभुले, राइनास, बाहृबीसे, लेखनाथ,बेशीशहर,गौंडा, याङवरक, माईजोगमाई, जानकी, माण्डवी, सुनवर्सी, पकाहमैनपुर, आदर्श शाखाहरmबाट सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक पिपन्नता भएका विद्यार्थीहरुलाई जनही रु. ५ हजार को छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकले वार्षिकोत्सवकै दिनमा पशुपति क्षेत्रमा ३०० वटा बृक्षारोपण गरी उक्त विरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने जिम्मेवारी पनि वहन गर्ने भएको छ । साथै कमलादी शाखा, काठमाण्डांैमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
बैंक यसै समाजमा संचालित हुने हुँदा समाजलाई थोरै नै भएपनि सहयोग गर्न पाउँदा आफूलाई खुशीलागेको कुरा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले बताउनु भयो ।
चालु आर्थिक वर्षको प्रथम चौमासमा (एन.एफ.आर.यस.अनुसार) रु.१८ करोड ५० लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल भएको छ । बैंकको कुलशाखा संख्या ७१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्