सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेसियाको “भ्यालू”बिच रेमिटान्स सम्झौता

काठमाडैं, १६ पुस । मलेसियाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी भ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिटान्स सेवा सुरु भएको छ । भ्यालूको मलेसिया भरी २००० एजेन्ट् लोकेशन्हरु हुनुका साथै आफ्नै मोबाईल एप् र ईन्टरनेट बैंकिङ्को पनि सेवा उपलब्ध छ ।
यो सेवा सुरु भएपछि मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६००० भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने छ । हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले हस्ताक्षर गर्नुभएको छ ।
भ्यालुले सिटी एक्सप्रेससँग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्क्त गर्दै आगामी दिनहरुमा सिटी एक्सप्रेससँग नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिएका छन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्षदेखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ६००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्