आउने भयो उन्नती माइक्रोफाइनान्सको आइपीओ

काठमाडौं । उन्नती माइक्रोफाइनान्स कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । माइक्रोफाइनान्सलाई सर्वसाधारणका लागि १ लाख ६५ हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको हो । कूल रू. ५ करोड ५५ लाख पूँजीको ३० प्रतिशत सर्वसाधारणबाट चुक्ता गर्ने तयारी स्वरुप माइक्रोफाइनान्सले उक्त शेयर जारी गर्ने भएको हो । शेयर जारीपश्चात माइक्रोफाइनान्सको शेयर स्वामित्व संस्थापक ७० र सर्वसाधारण ३० प्रतिशत कायम हुनेछ ।
माइक्रोफाइनान्सको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्