काठमाडौं , पुस १४। सेयर बजारमा अनलाइन कारोबार गर्न नेपाल स्टक एक्सेन्ज (नेप्से)ले चार क्लियरिङ बैंकमा खाता खोल्नु पर्ने व्यवस्था गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक र सिद्धार्थ बैंक मध्ये एउटा बैंकमा खाता खोलेर सेयरको अनलाइन कारोबार गर्न पाइने छ ।
अनलाइन कारोबार गर्ने ई–बैंकिङको सुविधा अनिवार्य गरिएको छ । राष्ट्र बैंकले विद्युतीय कारोबारको निश्चित सिमा तोकेको छ । सेयर कारोबारीलाई उक्त सिमामा बाँधिएको छैन ।
नेप्सेले पुस ९ गतेदेखि बैंकिङ प्रणालीसँग एकीकृतगरी अनलाइन कारोबार सञ्चालनमा ल्याउन लागिएको छ । नेप्सेले शुक्रबार अनलाइन कारोबार गर्न चहाने लगानीकर्ताका लागि १० बुँदे सूचना जारी गरेको छ ।
लगानीकर्ताले ब्रोकरसँग खोलेको कारोबार खाता र हितग्राही खाता ९डीम्याट० अद्यावधिक गर्न सूचनामा भनिएको छ । एक डीम्याट खातासँग एउटा मात्रै बैंक खाता आवद्ध हुनेछ ।
ब्रोकरसँग कारोबार सदस्य ग्राहक सम्झौता गरेर आवश्यकता अनुसार रकम जम्मागरी कारोबार सीमा लिन अनुरोध गरिएको छ ।
ब्रोकरको नियम अनुसार लगानीकर्ताले जम्मा गरेको रकमको चार गुणासम्म कारोबार गर्न सक्नेछन् । कारोबारबाट बाँकी रकम बैंकिङ प्रणाली मार्फत फिर्ता लिन ब्रोकरलाई अनुरोध पठाउने र २४ घण्टाभित्र रकम प्राप्त भएको सुनिश्चित गर्नुपर्ने नेप्सेको सूचनामा उल्लेखछ ।
इमेलका माध्यमबाट ब्रोकरलाई अनुरोध गर्नुपर्ने हुन्छ । त्यसका लागि लगानीकर्ताले प्रयोग गर्ने इमेल ब्रोकरलाई उपलब्ध गराउनु पर्नेछ ।
डीम्याट खातामा रहेको फ्रि व्यालेन्समा मात्र बिक्री गर्न पाइने छ । धितो राखेको वा रोक्का रहेको धितोपत्र बिक्री गर्न पाइदैन ।
प्रतिक्रिया दिनुहोस्