साञ्जेन जलविद्युत्को ८७ लाख ६० हजार कित्ता शेयर आउँदै

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेको साञ्जेन जलविद्युत् कम्पनीले साधारण शेयर निस्काशनको स्वीकृति पाएको छ । तर, त्यो साधारण शेयरले सबैभन्दा बढी फाइदा भने कर्मचारी सञ्चय कोषका कर्मचारीलाई हुने भएको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको शेयरमा समेत कोषका कर्मचारी मालमाल भएका थिए । कोषका कर्मचारीलाई अहिले पनि कुल साधारण शेयरको एक प्रतिशत शेयर दिँदैछ ।

पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, साञ्जेन जलविद्युत् कम्पनीले कर्मचारी, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, साविक जिल्ला विकास समिति रसुवा र साविक चिलिमे गाविसका कर्मचारीका लागि साधारण शेयरको निष्काशनको स्वीकृति पाएको हो ।

पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारी, शेयर निष्काशन गरिने कम्पनीले जनाएको छ ।

बोर्डबाट स्वीकृति पाएको ६० दिनभित्र पहिलो चरणको ८७ लाख ६० हजार कित्ता साधारण शेयर बिक्री गरिने छ ।

सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत, त्यहाँ कार्यरत कर्मचारीका लागि १ प्रतिशत र कम्पनीमा कार्यरत कर्मचारीका लागि ३.५ प्रतिशत शेयर छुट्याइएको र उनीहरुलाई बिक्री गरेपछि स्थानीय प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत शेयर निस्काशन गर्ने कम्पनीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्