महिला सहयात्रा माइक्रोफाइनान्सले ८ प्रतिशत नगद लाभांश दिने, ५ माघ साधारण सभा

काठमाडौं, १३ पौष । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको वार्षिक साधारण सभा माघ ५ गते हुने भएको छ । सभामा महिला सहयात्राले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ ।
कम्पनीले गत वर्ष ५ प्रतिशत मात्र नगद लाभांश दिएको थियो । यस्तै, कम्पनीले आफ्नो नाम परिवर्तन गरी ‘महिला सहयात्रा लघुवित्त वित्तीय संस्था’ बनाउने कुरा पनि उसको एजेण्डामा छ । वार्षिक साधारण सभा केन्द्रीय कार्यालय मकवानपुर चित्लाङमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सानमा छलफल गर्ने प्रस्तावहरु पेश गर्ने, आ.व.२०७५/७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ ।

वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गतेदेखि पुष १९ गते सम्म बुक क्लोज गर्नेछ । पुस १६ गतेसम्म कायम रहने सेयरधनीले नगद लाभांश पाउनेछन् । कम्पनीले चालु आ.व.को पहिलो त्रैमासमा ५१ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ छ । त्यस्तै माइक्रो फाइनान्सको प्रति सेयर आम्दानी १६ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्