काठमाडौं, १२ पुस । माछापुच्छ«े बैंक लिमिटेडले सुनकोशीशाखाकार्यालयको औपचारिकसुरुवात गरेको छ । बैंकलेमिति २०७५ सालपौष १२ गते ओखलढुङ्गाको सुनकोशी गाँउपालिका स्थित सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला सहित प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद् प्रसाद अधिकारीले संयुक्त रुपमा गरिएको हो ।
यस अघि यो स्थानीय निकायमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन । सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात पछि यस सुनकोशी गाँउपालिकामाउपस्थिति जनाउने माछापुच्छ«े बैंक पहिलो बैंक बन्न सफल भएको छ । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने छ ।
बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८९ वटा शाखाहरु र ४६ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्म १३५ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैकिङ्ग सुबिधा प्रदान गर्दै आएको छ । साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालन गरि सुविधा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्