प्रुडेन्सियलको पुस १६ गतेदेखि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला

काठमाडौं । प्रुडेन्सियल इन्सुरेन्सको पुस १६ गतेदेखि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला हुने भएको छ । कम्पनीले १ः०.३० अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको १२ लाख ८३ हजार ४० कित्ता सेयर बिक्री गर्न लागेको हो । प्रुडेन्सियलको हकप्रद माघ २१ गतेसम्म भर्न पाइनेछ । मंसिर २४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । एनआइसी एसिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौं र आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रुडेन्यिसल इन्सुरेन्सको कर्पोरेट कार्यालय वीरगञ्ज, पर्सा तथा यसका अधिकांश शाखा कार्यालयबाट पनि हकप्रद भर्न सकिने सुविधा छ ।

प्रतिक्रिया दिनुहोस्