मन्त्रीपरिषद्को निर्णयः पर्यटक भिसा दस्तुरमा परिवर्तन, ३०० वटा विद्युतीय बस खरिद गर्ने, श्रम स्वीकृत गर्ने……

काठमाडौं, १२ पुस । गत ६ गते शुक्रबार र पुस ९ गते सोमबार बसको मन्त्रिपरिषद्ले नेपाल र संयुक्त राज्य अमेरिकाबीच पर्यटक भिसा पारस्पारिकता सम्बन्धी प्रस्ताव स्वीकृत गरिएको छ ।
नेपाल सरकारको प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल प्रसा बास्कोटाले मन्त्रीपरिसद्का निर्णयहरुलाई सार्वजनीक गर्दै नेपाल र संयुक्त राज्य अमेरिकाबीच पर्यटक भिसा पारस्पारिकता सम्बन्धी प्रस्ताव स्वीकृत गरिएको नजाकारी दिए ।
उनले नयाँव्यवस्था अनुसार पर्यटक भिसालिँदा बुझाउनु पर्ने दस्तुरमा समेत परिवर्तन गरिएको छ ।
नयाँ व्यवस्था अनुसार सन् २०१९ जनवरी १ देखि पर्यटक भिसामा ५ वर्षे (१८० दिनप्रतिवर्ष) बहुप्रवेशी भिसालिँदा अमेरिकी र नेपाली पर्यटक दुबैले अमेरिकी डलर १६० दस्तुर तिर्नुपर्नेछ । हाल अमेरिकी नागरिकले अमेरिकी डलर १६० र नेपाली नगारिकले अमेरिकी डलर १०० दस्तुर तिर्ने व्यवस्था थियो ।
नेपाली नागरिकले अध्ययन भिसा आवेदन गर्दा अमेरिकी दूतावासले लिने गरेको अतिरिक्त शुल्क अमेरिकी डलर २०० हटाउने सम्बन्धमा आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको समेत दिएको छ ।
त्यस्तै मन्त्रीपरिषद्ले चन्द्रगढी विमानस्थलको विस्तार तथा स्तरोन्नतीकालागि थप जग्गा प्राप्त गर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।
स्थानीयपूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) (पहिलो संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८१ बमोजिम निम्न अधिकार श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग अन्तर्गतका श्रम तथा रोजगार कार्यालयहरूलाई प्रत्यायोजन गर्न र यस सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिइएको छ ।
वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्वस्वीकृतिका लागि प्राप्त निवेदन लिने र पूर्वस्वीकृति दिने भएको छ । विज्ञापन गरे÷नगरेको नियमित अनुगमन गरी सत्यतथ्य बुझ्ने जनाएको छ ।
तोकिएको संख्यामा नबढ्ने गरी श्रम स्वीकृतिको निस्सा (स्टिकर) कालागि निवेदन लिने र श्रम स्वीकृतिको निस्सा (स्टिकर) दिने ।
घ) वैदेशिक रोजगारका लागि व्यत्तिगत रूपमा विदेश जान चाहनेहरूबाट निवेदन लिने र विभागको निर्णय प्राप्त भएअनुसार वा अधिकार प्रत्यायोजन भए अनुसार स्वीकृतिदिने निर्णय समेत गरेको छ ।
च) वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ कानिश्चित दफा र नियममा उल्लेख भएका व्यवस्थाहरूको पालना भए÷नभएको अनुगमन गर्न सक्ने छ ।
त्यस्तै मन्त्रीपरिषद् आर्काे महत्वपूर्ण निर्णयहरु ः
नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीतिगत निर्णय लिइएको छ ।
भौतिकपूर्वाधार तथायातायातमन्त्रालयले पेश गरेको ‘सार्वजनिकयातायातव्यवस्थापन सम्बन्धीअवधारणापत्र’ स्वीकृत गरिएको छ ।  विभिन्न देशमा रिक्त रहेका राजदूतपदमानिम्नअनुसार नियुक्तिकालागिसिफारिस गरिएको छ।

 

 

cabinet 12

प्रतिक्रिया दिनुहोस्