कृषि विकास बैंकको सिइओमा अनिल उपाध्याय नियुक्त

काठमाडौं, पुस ११ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा अनिल उपाध्याय नियुक्त भएका छन् ।
आज (बुधवार) नै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले शपथग्रहण गर्ने कार्यक्र रहेको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए ।
उपाध्यक्षले चार जना प्रतिस्पर्धिलाई पछाडि पार्दै सिइओमा बाजी मारेका हुन् ।
प्रवक्ता पौडेलका अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि पहिलो चरणमा छनौट भएका अनिल उपाध्याय, पूर्णप्रसाद आचार्य, नरेशकुमार रोक्का, कपीलमणि ज्ञवाली र शंकर रायमाझीमध्ये प्रमुख कार्यकारी अधिकृत छनौट समितिले बुझाएको पाँच प्रतिस्पर्धीमध्ये बैंक सञ्चालक समितिले उपाध्यलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको कार्यकाल मंसिर २७ गतेदेखि सकिएपछि बैंकको प्रमुख कार्यकारीको नियुक्ति प्रकृया थालिएको थियो ।
सिटौला खुल्ला प्रतिस्पर्धाबाट २०७१ साल मंसिर २८ गते कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्