सिभिल बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स बैंकास्योरेन्स सम्झौता

काठमाडौं, १० पुस । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यर सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरिएको छ ।
अबसन नेपाल लाइफ इन्स्योरेन्सका जीवन बीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले बताउनु भयो ।
चालु आर्थिक वर्षको प्रथम चौमासमा (एन.एफ.आर.यस.अनुसार) रु अठार करोड पचास लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल यस बैंकको कुल शाखा संख्या ७१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्