सामान्य प्रशासन मन्त्रालयले जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक गरे

काठमाडौं, १० पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको छ । समायोजन अन्तर्गत मन्त्रालयले जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सुरुमा प्रशासन सेवातर्फका सहसचिवहरुको नामावली सार्वजनिक गरेको हो ।
२२५ जनाको नामावलीको सार्वजनिक गरेको छ । त्यसमा पहिलो नम्बरमा चुडामणि शर्मा हरका छन् । शर्मा तत्कालिन कर फछ्र्यौट आयोगको सदस्यसचिव रहंदा भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले छानबिन गरेका शर्मा थिए । उनी अतिरिक्त समूहमा रहेका छन् ।
शर्मापछि दोस्रो नम्बरमा रामप्रसाद थपलिया, तेस्रो नम्बरमा वीरेन्द्रकुमार यादव, चौथो नम्बरमा दीपक सुवेदी र पाँचौं नम्बरमा चन्द्रमान श्रेष्ठ छन् । २२५ औं नम्बरमा सामाजिक विकास मन्त्रालय धनगढीमा कार्यरत जुम्लाका गोगनबहादुर हमाल रहृको सार्वजनिक गरिएको पत्रमा देखाएको छ ।
सरकारले कर्मचारीहरुको समायोजनको मुख्य आधार जेष्ठतालाई मानेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले सुरुमा सहसचिवस्तरका कर्मचारीहरुको सूची सार्वजनिक गरिएको र अन्य पदका कर्मचारीहरुको पनि क्रमशः सूची सार्वजनिक गर्दै जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्