सनराइज बैंकद्वारा कान्ति बाल अस्पताललाई सहयोग हस्तान्तरण

काठमाडौ, १० पौष । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कान्ति बाल अस्पताललाई सहयोग स्वरुप बर्न वार्डको लागि आवश्यक DETRMATONE (Skin grafting) मेसिन एंव खाद्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड तथा संचालक ज्योति कुमार बेगानीले संयुक्त रुपमा कान्ति बाल अस्पतालका निर्देशक गणेश कुमार राईलाई हस्तान्तरण गरिएको हो ।

आयोजित समारोहमा बैंकका वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी, नायव महाप्रबन्धक अपछ कुमार यादव, रविन नेपाल, सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्र लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

यसै क्रममा कान्ति बाल अस्पतालका निर्देशक गणेश कुमार राईले सन्राइज बैंकले गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै भविष्यमा यस्ता कार्यक्रमहरुको निरन्तरता दिन समेत अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्