सपोर्ट माइक्रोफाइनान्सले नबाँड्ने भयो लाभांश

जगरण न्युज
काठमाडौं, १० पौष । सपोट माइक्रोफाइनान्स लि. ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । वित्तीय संस्थाको पुस ९ गते बसेको १२४ औं सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले वित्तीय संस्थाले गत आर्थिक वर्षमा २४ लाख ५३ हजार १५३ रुपैयाँ ८५ पैसा खुद नाफा कमाएकोमा विभिन्न कोषहरुमा बाँडफाँड गरि बाँकी रहेको ११ लाख ८९ हजार ८१९ रुपैयाँ ८ पैसा लाई सञ्चित मुनाफामा राख्न साधारण सभाको अनुमोदनका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागि पठाउने निर्णय गरेको हो ।
लघुवित्तले २०७४ असोजमा एक लाख ८० हजार कित्ता आईपिओ जारी गरेर ६ करोड रुपैयाँ चुक्ता पूँजी कायम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्