मङ्सिर २७ गतेसम्मको तथ्याङ्कअनुसार एक लाख ४८३ लाभग्राहीले निजी आवास पुनःनिर्माण सुरु गरी दोस्रो किस्ता बुझिसकेका छन् । यो तथ्याङ्कले पनि निजी आवास निर्माणको गति बढेको प्राधिकरणले दाबी छ ।

प्राधिकरणले गत साउन महिनासम्ममा अनुदान लिने लाभग्राहीले आगामी पुस मसान्तसम्म तोकिएकोे तहसम्मको घर निर्माण गरी दोस्रो किस्ता लिइसक्नुपर्ने समय सीमा तोकिएका कारण पनि निजी आवास निर्माणको कार्य बढेको प्राधिकरणका प्रवक्ता यमलाल भूसालले बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘दसैँ, तिहारलगायतका चाडपर्व र कृषि उत्पादन भित्र्याउने चटारो सकिएलगत्तै घर पुनःनिर्माणले गति लिन थालेको हो । ’ प्राधिकरणले पुस मसान्तभित्र दोस्रो किस्ता र २०७५ जेठभित्र तेस्रो किस्ता लिन अनुरोध गरेको छ । आजको गोरखापत्रमा खबर छ ।