मेलम्ची ठेकेदार कम्पनी सीएमसीसंग विश्वासकोे वातावरण छैनः मन्त्री मगर

काठमाडौं, पुस ९ । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन ठेकेदार कम्पनी सीएमसी दि रेभेनासँग काम गर्ने विश्वासकोे वातावरण नरहेको बताएकी छिन् ।

खानेपानी तथा सरसफाइको क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था वास मिडिया फोरमले आज आयोजना गरेको ‘सङ्घीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्रप् मगरले ठेकेदार कम्पनी सीएमसीसँग सरकारले विश्वास गर्ने आधार तयार भएमात्र काम अघि बढ्ने जानाकारी गराए ।

ठेकेदार कम्पनीसँग काम गर्न सरकारले विश्वासको आधार खोजिरहेको उल्लेख गर्दै उनले समस्या समाधानका लागि मन्त्रालयले उच्चस्तरमा पहल गरिरहेको जानकारी दिए । मन्त्री मगरले मुखैमा आइसकेको आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार संवेदनशील भएर लागेको बताए ।

कार्यक्रममा उनले खानेपानीको पहुँचभन्दा बाहिर रहेका जनताका लागि मन्त्रालयले नयाँ योजना समेटेर योजना बुक तयार गरेको खुलासा गरे । घण्टौँ घण्टासम्म पानीका लागि हिँड्नुपर्ने समस्याको हल गर्न थप योजना ल्याउन लागिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्