सुरक्षित गर्न म्यानपावरको धरौटी २ करोड बनाइँदै Jagaran News Published On : 24 December, 2018 5:55 am काठमाडौं, पुस ९ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारले बुझाएको रकम सुरक्षित गर्न म्यानपावर कम्पनीको धरौटी रकम बढाउने भएको छ । आवश्यकता भन्दा बढी म्यानपावर कम्पनी दर्ता हुन थालेपछि धरौटी रकम बढाएर कडाई गर्न लागिएको छ । वैदेशिक राजगार विभागका अनुसार हाल १ हजार ३ सय म्यान पावर दर्ता छन् । ५ हजार कामदार पठाउने लक्ष्य राखेर इजाजत माग गर्ने संस्थाले एक करोड रुपैयाँ नगद र २ करोड रुपैयाँ बैंक ज्ञारेन्टी गर्नुपर्ने समाचारमा उल्लेख छ । यस्तै सो भन्दा बढी कामदार पठाउने लक्ष्य राखेर इजात माग्नेले रु २ करोड र ४ करोड बैंक धरौटी राख्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्