एभरेष्ट इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यसैगरी कम्पनीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश दिनेछ । कर तिर्न कुल ६ लाख ३९ हजार ४ सय ७४ रुपैयाँ बोनसमा लाग्ने कर तिर्न खर्च गरिने कम्पनीको भनाई छ । एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ छ । १० प्रतिशत बोनस सेयर दिएपछि कम्पनीको चुक्ता पुँँजी अझै बढ्नेछ । यसैगरी, इन्स्योरेन्सले बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन ६०० प्रतिशत हकप्रद निकाल्न नेपाल धितोपत्र बोर्डसँग अनुमति पनि मागेको छ । बिमा समितिले २०७५ असार मसान्तसम्म निर्जीवन बिमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्