रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो

काठमाठौं । रुपन्देहीमा सम्पन्न समानुपातिकअन्तर्गतको मतगणनाअनुसार नेपाली काँग्रेस प्रथम भएको छ ।

मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सार्वजनिक गरिँदा प्रतिनिधिसभाअन्तर्गतको समानुपातिकमा काँग्रेस प्रथम भएको छ भने प्रदेशसभामा एमाले प्रथम भएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट पछाडि रहेको काँग्रेस अन्तिम मतपरिणामअनुसार समानुपातिकमा भने पहिलो बनेको छ । जिल्लामा रहेका पाँच निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा जित निकालेको थियो । तीन सिट जितेको नेकपा ९एमाले० दोस्रो स्थानमा छ । संघीय समाजवादी फोरमले तेस्रो स्थान सुरक्षित गरेको हो ।

नेपाली काँग्रेसले एक लाख १५ हजार ३२९ मत प्राप्त गर्दै पहिलो बनेको छ । दोस्रो बनेको एमालेले एक लाख १३ हजार ५८५ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्